विश्वकप २०२६ : इजिप्टसँग अस्ट्रेलियाको इतिहास रच्ने आशा

अस्ट्रेलिया र इजिप्ट विश्वकप २०२६ को अन्तिम ३२ मा शुक्रबार राति ११:४५ देखि डालासमा प्रतिस्पर्धा गर्दैछन् ।

असार १९, २०८३

एएफपी

What you should know

डालास — अस्ट्रेलिया र इजिप्ट विश्वकप २०२६ को अन्तिम ३२ मा शुक्रबार डालासमा प्रतिस्पर्धा गर्दैछन् । यस खेलका विजेताले अर्जेन्टिना र केप भार्डेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिजले अस्ट्रेलिया फुटबलको कथा कोर्ने प्रयासमा छन्, अस्ट्रेलियालाई विश्वकपको नकआउट चरणमा पहिलो विजय दिलाएर । ‘यो विशेष खेल हो र हामी अस्ट्रेलियाको फुटबललाई विश्व स्टेजमा देखाउन चाहन्छौं,’ पोपोभिजले इजिप्टसँगको खेललाई लिएर भनेका थिए, ‘हामीले राम्रो प्रदर्शन गर्‍यौं भने हामीसँग इतिहास रच्ने अवसर हुनेछ ।’

अस्ट्रेलियाले समूह चरणको पहिलो खेलमा टर्कीलाई २–० गोलले पराजित भएको थियो । तर अर्को खेलमा अमेरिकासँग त्यही स्कोरमा पराजित भएको थियो । पाराग्वेसँग अन्तिम खेलमा गोलरहित नतिजा निकालेपछि टोली अस्ट्रेलिया नकआउट चरणमा पुगेको थियो । 

इजिप्टको टिम मोहम्मद सलाहको फिटनेसलाई लिएर चिन्तित छ । लिभरपुलका पूर्व महान् खेलाडी सलाहले इजिप्टको पछिल्लो खेलमा ह्यामस्ट्रिङको समस्या भोगेका थिए । प्रशिक्षक होसम हसनले सलाहका लागि जोखिम नउठाइने जनाउँदै भनेका थिए, ‘मलाई शतप्रतिशत विश्वास छ, उनी फिट हुनेछन् र उच्च प्रदर्शनका लागि उत्रिने छन् ।’

दक्षिण अफ्रिका, आइभोरी कोस्ट, सेनेगल, डीआर कंगो र अल्जेरिया बाहिरिसकेको अवस्थामा अफ्रिकाको आशा इजिप्ट र घानामा मात्र रहेको छ । अर्को अफ्रिकी राष्ट्र मोरोक्को भने अन्तिम १६ मा प्रवेश गरिसकेको छ । 

पहिलो खेलमा बेल्जियमसँग १–१ को नतिजा निकालेको इजिप्टले त्यसपछि न्युजिल्यान्डलाई ३–१ गोलले पराजित गरेको थियो, जसमा सलाहले आफ्नो नाममा पनि १ गोल लेखाएका थिए । इजिप्ट समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully