स्विस टिमले विश्वकपका नकआउट चरणमा जित निकालेको यो सन् १९३८ यता पहिलो पटक हो ।
काठमाडौँ — ब्रेल इमबोलो र डान एनडोयले गरेको एक एक गोलको मदतले स्विटजरल्यान्डले विश्वकप २०२६ मा शुक्रबार अल्जेरियालाई २–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को चरणमा प्रवेश गरेको छ । स्विस टिमले विश्वकपका नकआउट चरणमा जित निकालेको यो सन् १९३८ यता पहिलो पटक हो ।
क्यानडाको भ्यान्कुबरमा भएको खेलमा स्विटजरल्यान्डले १० औं मिनेटमा अग्रता लिएको थियो । यसका लागि उनलाई जोहान मानजाम्बीले उत्कृष्ट पास उपलब्ध गराएका थिए । यस्तै खेलको ४६ औं मिनेटमा एनडोयले दोस्रो गोल थपे । दोस्रो हाफ सुरु भएको ४६ सकेन्डमै उनले गोल गरेका हुन् ।
स्विटजरल्यान्डले नकआउट चरणको एकै खेलमा एक भन्दा बढी गोल गरेको पनि यो सन् १९५४ यता पहिलो पटक हो । हारपछि अल्जेरियाको पहिलो नकआउट चरणको खेल जित्ने सपना पूरा हुन पाएन् र अब टिम घर फर्कने छ ।
अब क्वाटरफाइनल प्रवेशका लागि स्विटजरल्यान्डले कोलम्बिया अथवा घानाबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
