नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार आयोजित अवार्ड कार्यक्रममा दीपेन्द्र पुरुष र मानमती महिलातर्फ उत्कृष्ट भएका हुन् ।
धनगढी — क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी मानमती विष्ट सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी भएका भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार आयोजित अवार्ड कार्यक्रममा दीपेन्द्र पुरुष र मानमती महिलातर्फ उत्कृष्ट भएका हुन् ।
पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मीना देउवा मनोनयनमा थिए ।
यस्तै वर्ष प्रशिक्षक कबड्डीका विष्णुदत्त भट्ट र वर्ष युवा खेलाडी एथलेटिक्सका विक्रम नाथले अवार्ड जिते । सुदूरपश्चिम आइकन पुरुषतर्फ भारोत्तोलनका अशोक भण्डारी र महिलातर्फ एथलेटिक्सका पूजा साउद हुन सफल भए ।
क्रिकेटका शेर मल्लले स्पेसल अवार्ड जितेका छन् भने लाइफटाइम एचिभमेन्ट अवार्ड मरणोपरान्त सुरेश हमाललाई प्रदान गरिएको थियो ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) थियो भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्द्धकका रूपमा साथ दिएको थियो ।
