स्केटका गजेन्द्र र शरद एसियन गेम्सलाई छनोट

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनले आगामी सेप्टेम्बरमा जापानमा हुने प्रतियोगिताका लागि गजेन्द्र बर्देवा र शरदकुमार राई छनोट भएको बिहीबार जनाएको छ ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Skaters Gajendra and Sharad qualify for Asian Games

काठमाडौँ — गजेन्द्र बर्देवा र शरदकुमार राईले जापानको आइची नागोया सहरमा हुने एसियाली खेलकुदमा स्केटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनले आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि गजेन्द्र र शरद छनोट भएको बिहीबार जनाएको छ ।

एसोसिएसनका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई प्रतियोगिताका लागि छनोट गरिएको हो । 

बिहीबार काठमाडौंको बत्तीसपुतलीको होटल तपसमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष जागृत पहाडी, महासचिव सत्य थापा, बागमती प्रदेश प्रमुख विकास लामा, स्केटिङका प्रमुख प्रशिक्षक दीलिपराज बरालको रोहबरमा खेलाडी छनोट भएको घोषणा गरिएको थियो । 

Skaters Gajendra and Sharad qualify for Asian Games

कार्यक्रममा प्रमुख प्रशिक्षक बरालले जापानमा हुने प्रतिस्पर्धामा सफलता हासिल गर्न खेल रणनीति, अनुशासन र आत्मविश्वासलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully