शारीरिक सुगठनमा नेपालले जित्यो तीन पदक

भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन् ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Nepal wins three medals in bodybuilding

काठमाडौँ — नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन् ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए । महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेमीमाथि पुकार शाक्यले कांस्य हात पारे । तीनै खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठन इतिहासमा नेपालको पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ । पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ । यसअघिका ३ संस्करण नेपालमै भएको थियो ।

कान्तिपुर

Link copied successfully