विजेता अभिषेक कोइरालाले नगद एक लाख रुपैयाा, प्रथम उपविजेता तथा ‘प्रमिसिङ ट्यालेन्ट’ घोषित वीरबहादुर घर्तीले नगद ५० हजार रुपैयाा, तथा दोस्रो उपविजेता राजेन्द्र बमले नगद २५ हजार प्राप्त गरे
काठमाडौँ — वर्ल्डलिंकले आयोजना गरेको ‘नेपाल फास्टेस्ट बलर’को तेस्रो संस्करण सम्पन्न भएको छ ।
करिब दुई महिनासम्म देशका २३ सहरमा सञ्चालित प्रतियोगितामा देशभरबाट करिब २ हजार ५ सय बलरको सहभागिता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षको प्रतियोगितामा अभिषेक कोइरालाले १३३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै प्रतियोगिताको इतिहासमै नयाा रेकर्ड कायम गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि पहिलो संस्करणमा प्रदीप जैसवाल १२५ किलोमिटर प्रतिघण्टा तथा दोस्रो संस्करणमा हिक्मत महरा १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विजेता भएका थिए ।
प्रतियोगिताको अर्को आकर्षणका रूपमा वीरबहादुर घर्तीले पनि १३० किमि प्रतिघण्टाको गति पार गर्दै आफ्नो क्षमता प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा विभिन्न उमेर र स्तरलाई समेट्ने गरी चार वटा विधामा प्रतिस्पर्धा गरिएको थियो ।
प्रतियोगिताका विजेता अभिषेक कोइरालाले नगद एक लाख रुपैयाा, प्रथम उपविजेता तथा ‘प्रमिसिङ ट्यालेन्ट’ घोषित वीरबहादुर घर्तीले नगद ५० हजार रुपैयाा, तथा दोस्रो उपविजेता राजेन्द्र बमले नगद २५ हजार रुपैया प्राप्त गरेका छन् ।
