प्लेयर्स टु वाच : निकोलस पेपे (आइभोरी कोस्ट)

उनले देशको प्रतिनिधितव गर्दै खेल्न लागेको १० वर्ष भइसकेको छ । तर उनले यो अवधिमा ५९ खेलमात्र खेलेका छन् । १४ गोल गरेका छन् ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Nicolas Pepe (Ivory Coast)

काठमाडौँ — फ्रान्समा जन्मिएका पेपेले आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । यसै विश्वकपमा उनले कुरासाओविरुद्ध दुई गोल गरे, जसका कारण आइभोरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्दै नर्वेविरुद्ध खेलिरहेको छ ।

उनले देशको प्रतिनिधितव गर्दै खेल्न लागेको १० वर्ष भइसकेको छ । तर उनले यो अवधिमा ५९ खेलमात्र खेलेका छन् । १४ गोल गरेका छन् । उनको गति निकै तेज छ, त्यसैले विपक्षीका लागि रोक्न असम्भव शैलीमा प्रस्तुत हुन्छ । उनी देव्रे र दाहिने दुबै विंग्ससहित फरवार्डबाट पनि खेल्न सक्छन् ।

३१ वर्षे उनले फ्रान्सेली टोली एन्जर्सबाट सन् २०१३ मा खेल्न सुरु गरेका थिए भने २०१७ मा लिले पुगेका थिए । त्यहाँ उनी फ्रेन्च लिगको ‘टिम अफ द इयर’ मा चुनिएका थिए ।

त्यसपछि उनी प्रिमियर लिग क्लब आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडीका रूपमा ७ करोड २० लाख पाउन्डमा अनुबन्धन भएका थिए । लन्डनको टोलीबाट ८० खेलमा १६ गोलमात्र गर्न सकेपछि २०२२–२३ मा उनलाई फ्रान्सेली टोली निसमा लोनमा पठाइएको थियो । त्यसको अर्को वर्ष उनी टर्किस टोली ट्राब्जोनस्पर पुगेका थिए । २०२४ यता उनले स्पेनिस टोली भिलारिएलबाट खेल्दै आएका छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully