सन् २०१४ मा विश्वकप जितेयता जर्मनी पहिलो पटक नकआउट चरण खेल्दै

चार पटकको विजेता जर्मनीले विश्वकप फुटबलको अन्तिम ३२ को प्रतिस्पर्धामा मंगलबार बिहान ०२:१५ मा पाराग्वेको सामना गर्दैछ ।

असार १६, २०८३

एएफपी

Germany is playing in the knockout stages for the first time since winning the World Cup in 2014.

बोस्टन — चार पटकको विजेता जर्मनीले विश्वकप फुटबलको अन्तिम ३२ को प्रतिस्पर्धामा मंगलबार बिहान ०२:१५ मा पाराग्वेको सामना गर्दैछ । बोस्टनमा हुने यस खेलको विजेताले अन्तिम १६ मा फ्रान्स र स्विडेन बीचको खेलको विजेतासँग खेल्ने छ ।

सन् २०१४ मा ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेयता जर्मनीले नकआउट चरणमा खेल्न लागेको यो पहिलो अवसर हो । सन् २०१८ र २०२२ को विश्वकपमा जर्मनी  समूह चरणबाटै बाहिरिएको थियो ।

कुरासाओ र आइभोरी कोस्टलाई पराजित गर्दै नकआउट चरणमा पुगेको जर्मनी समूह चरणको अन्तिम खेलमा भने इक्वेडरसँग २–१ ले पराजित भएको थियो । विश्व वरीयतामा हाल १० औं स्थानमा रहेको जर्मनीलाई यस विश्वकपको दाबेदारमा राखिएको छैन, तर प्रशिक्षक जुलियन नागेल्समनले यसलाई उनीहरुले लक्ष्य बनाउनु पर्ने जनाएका छन् ।

पाराग्वे आफ्नो समूहमा तेस्रो भएर उत्कृष्ट ८ टोलीको रुपमा रहेर नकआउट चरणमा प्रवेश गरेको टोली हो । सन् २०१० यता पाराग्वेले पहिलो पटक नकआउट चरण खेलिरहेको हो ।

पाराग्वे समूह चरणको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भयो । तर दोस्रो खेलमा टोलीले टर्किएलाई १–० ले पराजित गर्यो । अन्तिम खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेलेपछि टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully