अन्तिम ३२ को खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई हराएको हो, १–० ले । यसमा प्राप्त अन्तिम क्षणको गोलपछि सबै खेलाडीलाई अगाडि राखेर अमेरिकी प्रशिक्षक मार्सले भनेका थिए, ‘तिमीहरू सबै वास्तवमै क्यानडा नायक हौ ।’
What you should know
लस एन्जलस —
क्यानडा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेपछि प्रशिक्षक जेसे मार्सले आफ्ना खेलाडीलाई नयाँ नाम दिएका छन् ‘क्यानडेली नायक’ । जतिबेला क्यानडाले अबको खेलमा नेदरल्यान्ड्स वा मोरक्कोको सामना गर्नेछ, त्यतिबेला यी प्रशिक्षकको आफ्ना खेलाडीप्रति भलाकुसारी गर्नेछन् । जस्तो मनमा आउँछ, त्यसरी नै खेल्ने अर्थात स्वतन्त्र भएर खेल्ने ।
यसपल्टको विश्वकपको सह–आयोजक रहेको क्यानडाले यसअघि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्दा नतिजा थियो, ६ खेल, सबैमा हार । आफै आयोजक रहेको प्रतियोगिताबाट क्यानडा पहिलो पटक नकआउट चरण मात्र पुगेको छैन । बरू एक पाइला बढी चालेर अन्तिम १६ मा पनि पुगेको छ । त्यस्तोमा यो रहेको छ, क्यानडाले इतिहास बिर्सेर खेलेका खेल र हात पारेको जित ।
अन्तिम ३२ को खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई हराएको हो, १–० ले । यसमा प्राप्त अन्तिम क्षणको गोलपछि सबै खेलाडीलाई अगाडि राखेर अमेरिकी प्रशिक्षक मार्सले भनेका थिए, ‘तिमीहरू सबै वास्तवमै क्यानडा नायक हौ ।’
खेलपछि मिडियासामु प्रस्तुत हुने क्रममा उनले थपे, ‘क्यानडाका लागि फुटबल कति महत्त्वपूर्ण अब सबैले बढी सुन्नुपर्छ । हामी अहिले सँगसँगै मिलेर अगाडि बढिरहेका छौं ।’
क्यानडा लिग चरणको आफ्नो समूहमा दोस्रो भएको थियो, स्विट्जरल्यान्डपछि । यो प्रदर्शन नै क्यानडालाई विश्वकपको दोस्रो चरण प्रवेश गराउन पर्याप्त रह्यो, त्यो पनि यस्तो देशमा जहाँ ‘आइस हक्की’ बढी लोकप्रिय छ । समूह जित्न नसकेपछि क्यानडाले आफ्नै भूमिमा भने खेल्न पाएन, त्यसैले जतिपल्ट नकआउट चरणका खेल खेल्नेछ, आफ्नो देशबाहिर खेल्नेछ ।
प्रशिक्षक मार्स भन्छन्, ‘क्यानडा छोड्नुपरेको दुःख त छँदै छ । क्यानडामै रहेको बेला हामीले जुन प्रकारको समर्थन र माया पाएका थियौं, त्यसप्रति कृतज्ञ छौं । अब अन्तिम १६ मा पुगेपछि हाम्रो लागि वास्तवमै ठूलो अवसर सिर्जना भएको छ ।’
त्यसो त क्यानडाका लागि अमेरिकी भूमि आफैमा नयाँ जस्तो भने छैन । किनभने अमेरिकामा भर्खरै जस्तै कन्काकाफ गोल्डकप र कोपा अमेरिका भएको थियो । फेरि अमेरिकामा क्यानडाका अधिकांश साथी र परिवार पनि छन् । त्यसैले त लस एन्जलसको सोफी स्टेडियम लगभग रातो जर्सी लगाएका समर्थकले भरिएको थियो । अब अन्तिम १६ खेल्न क्यानडा ह्युस्टन जानेछ । अबको बाटो क्यानडाका लागि सजिलो भने हुने छैन, किनभने अब सामना गर्ने टिम कि त मोरक्को हुनेछ, पछिल्लो विश्व सेमिफाइनल खेलेको । होइन भने तीनपल्टका उपविजेता नेदरल्यान्ड्स ।
त्यसैले प्रशिक्षक मार्सलाई अबको खेलमा नयाँ रणनीति चाहिनेछ, किनभने अब सामना गर्ने टिम वास्तवमै उच्चस्तरको हुनेछ । उनी मोरक्कोलाई नयाँ उदीयमान शक्ति मान्छन् भने नेदरल्यान्ड्सलाई पारम्परिक शक्ति । त्यसैले खेलबारे उनी भन्छन्, ‘जतिबेला यी दुई टिममध्ये एकको सामना गर्नेछौं, हामीले सक्दो राम्रो खेल्ने प्रयास गर्नेछौं ।’
