विश्वकप २०२६ : इंग्ल्यान्डको सम्भावित प्रतिद्वन्द्वी सेनेगल

ह्यारी केन इंग्ल्यान्डबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

असार १४, २०८३

एएफपी

World Cup 2026: England's potential opponents are Senegal

न्युयोर्क — इंग्ल्यान्ड विश्वकप फुटबल २०२६ मा पानामाको चुनौतीलाई पन्छाउँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । इंग्ल्यान्डले आइतबार बिहान न्युयोर्कको मेट लाइफ रंगशालामा पनामालाई २–० ले पराजित गर्‍यो ।

इंग्ल्यान्डले समूह ‘एल’ बाट ७ अंक जोड्यो । क्रोएसिया र घाना पनि ४–४ अंकसहित दोस्रो चरणमा प्रवेश गरेका छन् । फिलाडेल्फियामा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलले पराजित गर्‍यो । इंग्ल्यान्डको अन्तिम ३२ मा सम्भावित प्रतिद्वन्द्वी सेनेगल हुनेछ । 

World Cup 2026: England's potential opponents are Senegal

पानामाले यस विश्वकपमा कुनै गोल गर्न सकेन । तर रक्षात्मक खेल्दै इंग्ल्यान्डलाई एक घन्टाको खेलमा ठूलो चुनौती तेर्साएको थियो । गोलको खडेरीलाई इंग्ल्यान्डले ६२ औं मिनेटमा तोडेको थियो, जब बुकायो साकाको क्रसमा जुड बेलिङघमले गोल गरे । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले दोस्रो गोल गरे । बेलिङघमको क्रसमा केनले हेडबाट गोल गरेका थिए । 

यस विश्वकपमा यो उनको तेस्रो गोल हो । उनले विश्वकप इतिहासमा आफ्नो गोल संख्या ११ पुर्‍याइसकेका छन् । साथै केनले इंग्ल्यान्डबाट विश्वकपमा सर्वाधिक १० गोल गरेका ग्यारी लिनेकरको कीर्तिमानलाई उछिनिसकेका छन् । 

इंग्ल्यान्डले डालासमा आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो । तर त्यसपछि टोली घानासँग गोलरहीत बराबरीमा रोकिए पनि नकआउट चरणमा पुगिसकेको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully