दुवै टिम यसअघि नै प्रतियोगिताको नकआउट चरण पुगिसकेका छन् ।
काठमाडौँ — विश्वकप २०२६ को समूह ‘के’ मा आइतबार कोलम्बिया र पोर्चुगलबीच खेल हुँदैछ । पोर्चुगललाई यो समूह जित्ने हो भने कोलम्बियालाई हराउन आवश्यक छ । खेल मियामी स्टेडियमा हुनेछ ।
कोलम्बिया छ अंकमा समूहको शीर्षमा छ । पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ । दुवै टिम यसअघि नै प्रतियोगिताको नकआउट चरण पुगिसकेका छन् । अर्को खेलमा डीआर कंगो र उज्वेकिस्तान भिड्ने छन् ।
यो खेल एटलान्टा स्टेडियममा हुनेछ । कंगोलाई अर्को चरणमा प्रवेश गर्ने हो भने यो खेलमा निश्चित जितको आवश्यकता पर्नेछ । कंगोको एक अंक छ । शून्य अंकमा रहेको उज्वेकिस्तान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
