प्लेयर्स टु वाच : जोनाथन डेविड (क्यानडा)

लियोनल मेसी, ओसमन डेम्बेलेपछि यस विश्वपकमा ह्याट्रिक गर्ने अर्का खेलाडी हुन्, जोनाथन डेविड । क्यानडाले समूह चरणमा कतारलाई ६–० ले पराजित गर्दा डेबिडले ३ गोल गरेका थिए ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

Players to Watch: Jonathan David (Canada)

काठमाडौँ — लियोनल मेसी, ओसमन डेम्बेलेपछि यस विश्वपकमा ह्याट्रिक गर्ने अर्का खेलाडी हुन्, जोनाथन डेविड । क्यानडाले समूह चरणमा कतारलाई ६–० ले पराजित गर्दा डेबिडले ३ गोल गरेका थिए ।

डेबिडकै कारण कन्काकाफ टोलीमा क्यानडा विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरको नतिजा निकाल्न सफल भयो । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सबाट यस सिजनमा कमजोर प्रदर्शन गरे पनि डेविडले क्यानडाबाट विश्वकपमा उच्च प्रर्दशन गर्दै आएका छन् । 

डेविडको ह्याट्रिक गोलमा क्यानडालाई कतारमाथिको ठूलो विजयले पहिलो पटक नकआउट चरणमा पुर्‍याउन ठुलो भूमिका खेलेको थियो । विश्वकपको ९६ वर्षको इतिहासमा एकै खेलमा ३ गोल गरी ह्याट्रिक पूरा गर्ने उनी उत्तर अमेरिकी क्षेत्रका पहिलो खेलाडी हुन् ।

अमेरिकाको ब्रोक्लिनमा जन्मिएका २६ वर्षे फरवार्ड उनले क्यानडाबाट ८० खेलमा ४२ गोल गरिसकेका छन् । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम ३२ को म्याच खेल्दा उनी क्यानडाको प्रमुख खेलाडीमा रहनेछन् । २०२५ को सिजनमा उनी युभेन्ट्स आएका थिए, जहाँ उनले ३५ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully