जस्तोसुकै विपक्षी हराउन सक्नुपर्छ : मार्टिनेज

मार्टिनेज भन्छन्, ‘जतिबेला प्रशिक्षक अनुभवी हुन्छ, त्यतिबेला प्रशिक्षकले सबथोक गर्न योजना बनाउने गर्छ ।’

असार १४, २०८३

एपी

Must be able to defeat any opponent: Martinez

What you should know

न्युयोर्क — रोबर्टो मार्टिनेज जतिबेला युवा प्रशिक्षक थिए, उनका लागि विश्वकपमा समूह विजेता बन्नु सबथोक थियो । त्यसैले उनले समूहमा पहिलो हुन सबैखाले दाउचेप लगाउँथे । अहिले तिनै मार्टिनेज भन्छन्, ‘जतिबेला प्रशिक्षक अनुभवी हुन्छ, त्यतिबेला प्रशिक्षकले सबथोक गर्न योजना बनाउने गर्छ ।’ 

उनी पोर्चुगलको प्रशिक्षकका रूपमा तेस्रो विश्वकपमा सहभागिता जनाएका छन् । अब उनलाई के अनुभव हुन थालेको छ भने बनाइएका योजना जति सफल हुनुपर्छ भन्ने पनि छैन । फेरि यस्तो भन्ने उनी एक्ला होइनन् । नर्वेका स्टाल सोलबाकेनले शुक्रबार समूह ‘ई’ को खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिनु नै ठीक माने । यसको अर्थ उनी सक्दो बढी आफ्ना खेलाडीलाई सम्भावित चोटबाट जोगाउन चाहन्छन् । त्यसैले फ्रान्सको सामना गर्दा नर्वेले जितलाई नै सबथोक मानेन । नत्र टोलीसामु विश्वकपकै उपाधिका लागि बलियो प्रत्याशीलाई हराउने सम्भावना थियो ।  

फ्रान्सविरुद्ध इर्लिङ हालान्ड सुरुआती खेलाडीको सूचीमा थिएनन् । अन्य ९ खेलाडीले पनि पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए । त्यसैले त नर्वे फ्रान्सको हातबाट ४–१ ले पराजित रह्यो, तर यसमा प्रशिक्षकलाई कुनै अपसोच रहेन । 

अब नर्वेको एकमात्र ध्यान मंगलबार आइभोरी कोस्टविरुद्ध हुने अन्तिम ३२ को खेलमा छ । सोलबाकेन भन्छन्, ‘पछिल्लो र यो खेलबीच हामीले धेरै कम समयको आराम पायौं । फेरि अबको केही दिनमै नकआउट चरणको खेल खेल्नुपर्नेछ । त्यसैले प्रमुख खेलाडीलाई आराम दिने रणनीति लिँदा कुनै आश्चर्य मान्नुपर्ने छैन ।’ 

सबैको माग त हालान्डको खेल हेर्ने नै थियो । तर, नर्वेका लागि यो कुनै मूल मुद्दा नै रहेन । प्रशिक्षक थप्छन्, ‘हाम्रो उद्देश्य त यस विश्वकपमा सक्दो लामो यात्रा तय गर्ने हो । हाम्रो ध्यान यसैमा मात्र केन्द्रित छ ।’ 

यो हारको अर्थ अब टेक्सासमा हुने खेलमा नर्वेले आइभोरी कोस्टको सामना गर्नेछ । त्यसपछि यसको विजेताको बाटोमा प्रतिद्वन्द्वी बनेर आउने छ ब्राजिल र जापानबीच हुने अर्को अन्तिम ३२ खेलको विजेता टिम । अहिलेसम्म अपराजित फ्रान्सले भने अबको खेलमा स्विडेनको सामना गर्नेछ । त्यसपछिको बाटोमा हुनेछ, सम्भवतः जर्मनी । प्रशिक्षक सोलबाकेनका अनुसार फ्रान्सविरुद्धको खेलपछि नर्वेका प्रमुख खेलाडीले एक दिनको भए पनि बढी आराम पाएको छ । मिडफिल्डर प्याट्रिक बर्ग भन्छन्, ‘यो त चलाखीपूर्ण रणनीति नै हो । केही प्रमुख खेलाडीलाई आराम दिनुको अर्थ अरूलाई ठूलो टिमविरुद्ध आफ्नो खेल देखाउने मौका पनि त हो ।’

फ्रान्सले उतारेको टिम भने लगभग अपेक्षाअनुसार नै थियो । फ्रान्सका सहायक प्रशिक्षक गाय स्टेफान पनि नर्वेली टिमको रणनीतिमा कुनै आश्चर्य नभएको मान्छन् । सन् २०१८ र २०२२ को विश्वकपमा बेल्जियमका प्रशिक्षक रहेका मार्टिनेज चाहन्छन्, समूह ‘के’ को अन्तिम खेलमा पोर्चुगलले कोलम्बियालाई पराजित गरोस् तर पोर्चुगल आफैंले कसरी रणनीति बनाउने छ, त्यसबारे अनुमान गर्न सकिन्न । 

पोर्चुगलले अन्तिम ३२ मा खेल्ने लगभग निश्चित भइसकेको छ । मार्टिनेज भन्छन्, ‘सबै खेल जित्नुको फाइदा पनि छ, किनभने यसले खेलाडीबीच सकारात्मक भावना कायम रहन्छ । विश्वकप जस्तो प्रतियोगिता जित्नु छ भने जस्तोसुकै विपक्षी टिमलाई पनि हराउन सक्नुपर्छ, ।’ कोलम्बियाका प्रशिक्षक नेस्टर लारेन्ज भने कुनै पनि प्रकारको जोखिम उठाउने पक्षमा छैनन् ।

विश्वकप २०२६

एपी

Link copied successfully