कोशी प्रदेशस्तरीय भलिबल रात्रिकालीन हुने, विजेताले १ लाख ५० हजार पाउने

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा शान्तिदीप नेपालको आयोजनामा असार १८ देखि २१ सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

असार १४, २०८३

अर्जुन सुवेदी

Koshi provincial level volleyball tournament to be held at night, winner to receive Rs 150,000

सुनसरी — सुनसरी सदरमुकाम इनरुवामा कोशी प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा शान्तिदीप नेपालको आयोजनामा प्रतियोगिता असार १८ देखि २१ सम्म सञ्चालन हुनेछ । 

प्रतियोगिता इनरुवास्थित मधेषामा रहेको कबर्ड हलमा रात्रिकालीन समयमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा दुई विभागीय टोली एपीएफ, नेपाल पुलिस तथा झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र आयोजकको तर्फबाट सुनसरी भलिबल टेनिङ सेन्टर गरी ८ टोलीको सहभागिता रहने जनाइएको छ । 

प्रतियोगितामा कोशी प्रदेशभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने प्रत्येक टोलीमा अन्य प्रदेश वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेका बढीमा तीन जना खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार तथा बिधागत उत्कृष्टलाई जनही ५–५ हजार रुपैयाा पुरस्कार प्रदान गरिनेछ । साथै ‘म्यान अफ द म्याच’ लाई २ हजार रुपैयाा प्रदान गरिनेछ । 

प्रदेशस्तरमा आयोजना हुन लागेको यस प्रतियोगिताले भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाा प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजकुमार चौधरीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल १४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

अर्जुन

Link copied successfully