वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी च्याम्पियन बनेको हो ।
पर्सा — नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेश महिला टोलीले जितेको छ ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी च्याम्पियन बनेको हो ।
सन्तुलित ब्याटिङ र कसिलो बलिङको प्रदर्शन गर्दै कोशी प्रदेशले विभागीय टोली एपीएफलाई हराएर प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । टोलीका लागि काजोल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानाम मगरले १६ र रुबिना क्षेत्रीले १२ रनको योगदान दिइन् ।
एपीएफका तर्फबाट सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए। ९९ रनको लक्ष्य पछ्याएको एपीएफ १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो ।
एपीएफका लागि कविता जोशीले सर्वाधिक १४ रन जोडिन् भने रेवती धामीले १२ तथा ममता चौधरीले ९ रन बनाइन्। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । कोशीका बलरहरुमा रुबिना चौधरी, रिया शर्मा र निरु राजबन्शीले २/२ विकेट बाडेका थिए ।
कोशीको जितमा रुबिना चन्दले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरिन् । रिया शर्माले २ तथा निरु राजवंशीले २ विकेट लिएपछि एपीएफ लक्ष्यमा पुग्न असफल भयो ।
कोशीकी काजोल श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता तथा उपविजेता खेलाडीलाई शिल्ड वितरण गरेका थिए । विजेता टिमले १ लाख नगद पुरस्कार पाएको छ।
