विश्वकप २०२६ : इंग्ल्यान्डको समूह विजेता बन्ने आशा

इंग्ल्यान्ड समूह विजेता बनेमा अन्तिम ३२ मा सेनेगलसँग तथा घाना र क्रोएसियाबीचको खेलमध्ये समूहमा दोस्रो स्थानमा रहने टोलीले पोर्चुगलसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्ने सम्भावना हुन्छ ।

असार १४, २०८३

एएफपी

World Cup 2026: England's hopes of winning the group

न्युयोर्क — इंग्ल्यान्डले पानामाविरुद्ध आइतबार बिहान ०२:४५ न्युयोर्कमा खेल्दा समूह विजेता हुने आशा लिएको छ । समूह ‘एल’ को अर्को खेलमा घाना र क्रोएसिया बीच अमेरिककै फिलाडेल्फियामा प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्डले डालासमा आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो । तर त्यसपछि टोली घानासँग गोलरहीत बराबरीमा रोकिएको थियो । न्युयोर्कको मेट लाइफ रंगशालामा हुने खेलमा विजय हात पारे इंग्ल्यान्ड समूह विजेता बन्ने निश्चित जस्तै हुनेछ ।

इंग्ल्यान्ड समूह विजेता बनेमा अन्तिम ३२ मा सेनेगलसँग तथा घाना र क्रोएसियाबीचको खेलमध्ये समूहमा दोस्रो स्थानमा रहने टोलीले पोर्चुगलसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्ने सम्भावना हुन्छ । 

पानामा दोस्रो पटक विश्वकप खेलिरहेको हो । टोलीले विश्वकपका यसअघिका सबै ५ खेलमा पराजित रहेको छ । २०१८ मा पहिलो पटक विश्वकप खेल्दा टोली इंग्ल्यान्डसँग ६–१ ले पराजित भएको थियो । 

घानासँग खेलेको टोलीबाट इंग्ल्यान्डले ५ खेलाडी परिवर्तन गर्दै जारेल क्वानसा, मोर्गन रोजर्स र मार्कुस रासफोर्डलाई प्लेयिङ ११ बाट खेलाइरहेको छ । इंग्ल्यान्ड यसअघि नै अन्तिम ३२ मा प्रवेश गरिसकेको छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully