केप भार्डेको गर्विलो यात्रा

साउदी अरेबियासँग बराबरी खेलेपछि केप भार्डेका प्रशिक्षक बुबिस्टाले भने, ‘हाम्रा लागि त अब असम्भव भनेको केही रहेन’ 

असार १४, २०८३

एएफपी

A proud journey to Cape Verde

What you should know

लस एन्जलस — केप भार्डेले डेब्यु गरिरहेकै विश्वकपमा एउटा सपना देखे जसरी यात्रा तय गरेको छ । जतिबेला भार्डेले नकआउट चरणको यात्रा तय गरेको छ । अब यो टोलीले सामना गर्नेछ लियोनल मेसीको अर्जेन्टिनासँग । एटलान्टिक द्वीप समूहको देशले साउदी अरेबियालाई समूह ‘एच’ को खेलमा गोलरहित बराबरीमा रोक्यो र दोस्रो चरण यात्रा गर्न सफल रह्यो । 

अब जुलाई ३ मा मियामीको हार्डरक स्टेडियममा हुने खेलमा केप भार्डेको अगाडि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हुनेछ । साउदी अरेबियाको खेलपछि मिडियासामु प्रस्तुत हुने क्रममा भार्डेका प्रशिक्षक बुबिस्टाले भने, ‘हाम्रा लागि त अब असम्भव भनेको केही पनि रहेन ।’ 

त्यति भन्दै गर्दा उनले घाँटीमा आफ्नो देशको राष्ट्रिय झण्डा पहिरेका थिए । केप भार्डेको यो लगातार तेस्रो बराबरी थियो । त्यसैले टोलीले समूह चरणबाट ३ अंक बटुल्यो । युरोपेली च्याम्पियन स्पेन भने समूह विजेता रह्यो । टोलीले अर्को खेलमा उरुग्वेलाई १–० ले हरायो । गत आइतबार केप भार्डेसँग २–२ को बराबरीमा रोकिएको दुईपल्टको विश्वकप विजेता उरुग्वेको भने प्रतियोगितामा चुनौती सकिएको छ ।

टोलीको जम्माजम्मी २ अंकमात्र भयो । स्पेनको जितको जित भने केही महँगो रह्यो । यारेमी पिनोलाई काँधमा चोट लागेको छ भने निको विलियमलाई मांसपेसीमा समस्या भएको छ । यो समूहको नतिजा कति महत्त्वपूर्ण रह्यो भने यिनै दुई नतिजाले इंग्ल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैको अन्तिम ३२ को चरणमा खेल्ने निश्चित भएको छ । 

A proud journey to Cape Verde

यसअघि फ्रान्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै नर्वेलाई ४–१ ले हराएको थियो । फ्रान्स समूह ‘आई’ को शीर्षस्थानमा रह्यो । फ्रान्सको जितमा वर्तमान बालोन डी’अर विजेता ओसमन डेम्बेलेले ह्याट्रिक रचेका थिए । यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो । फ्रान्सले प्रतियोगितामा आफ्नो शतप्रतिशत विजय यात्रा कायम राख्यो । खेलअगाडि यो भिडन्त चर्चाको विषय बनेको थियो, किनभने यो फ्रान्सका केलियन एमबापे र नर्वेका इर्लिङ हालान्डबीचको व्यक्तिगत टकराव पनि थियो । तर यस्तो स्थिति खेलमा आउँदै आएन । किनभने म्यानचेस्टर सिटीका स्टार हालान्ड सुरुमा वेञ्चमा थिए । 

यस्तोमा खेलका नायक बने, डेम्बेले । खेलपछि उनले भने, ‘यो प्रदर्शन मेरा लागि विशेष रहनेछ अनि असाधारण । मलाई के लाग्छ भने अहिले हाम्रो ध्यान पूर्णतः खेलमा केन्द्रित हुनुपर्छ । हाम्रो सामु अब प्रतियोगिताको वास्तविक चुनौती आउनेछ ।’

फ्रान्सले भने अब अन्तिम ३२ को खेलमा स्विडेनको सामना गर्नेछ । नर्वेको प्रतिद्वन्द्वी भने आइभरी कोस्ट हुनेछ । सेनेगल अर्को चरण प्रवेशका लागि इराकलाई ५–० ले हराएर प्रतियोगितामा पहिलो तीन अंक बटुल्न सफल रह्यो । राम्रो गोल अन्तरको जितले पश्चिमी अफ्रिकी देश तेस्रो स्थानमा आउने उत्कृष्ट ८ टिममध्ये एकमा पर्नेछ । शुक्रबारको अन्तिम खेलमा इरानले इजिप्टसँग १–१ को बराबरी खेल्यो ।

यो नतिजापछि समूह ‘जी’ बाट इजिप्ट अगाडि बढेको छ भने इरानले आफ्नो भाग्यका लागि अझै कुर्नुपर्नेछ । यो नतिजाको अर्थ इजिप्ट समूहको दोस्रो स्थानमा रह्यो । बेल्जियमले न्युजिल्यान्डमाथि ५–१ को जित रच्यो । आर्सनलका लियान्ड्रो ट्रोसार्डले दुई, केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलमेकरले एक–एक गोल गरे । बेल्जियम गोल अन्तरका आधारमा इजिप्टभन्दा अगाडि रह्यो र अन्तिम ३२ पुग्न सफल रह्यो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully