अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्यो । दोस्रो भएको ग्रिन हिल्सले २ स्वर्ण र २ रजत हात पार्यो । तेस्रो स्थानको नागार्जुन भ्याली एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कांस्य पायो ।
काठमाडौँ — आयोजक कौशल बोर्डिङ स्कुलले प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्यो । दोस्रो भएको ग्रिन हिल्सले २ स्वर्ण र २ रजत हात पार्यो । तेस्रो स्थानको नागार्जुन भ्याली एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कांस्य पायो ।
पुरुषमा प्रारम्भ वर्ल्डका आयु राय र महिलामा कौशलकी सकुरा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको नन अफिसियलतर्फ ज्ञानचक्षु १३ स्वर्ण, १८ रजत र ५ कांस्यसाथ च्याम्पियन भयो । १३ स्वर्ण, १३ रजत र १० कांस्यसाथ मोर्गन स्कुल दोस्रो तथा ११ स्वर्ण, ३ रजत र ८ कांस्यसहित स्वर्णदीप तेस्रो स्थानमा रहे ।
पुरुषमा नागर्जुन भ्यालीका विगेश राई र महिलामा मार्गनकी आरुषि अम्गाईं उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक राजकुमार ठकुरीले जनाएका छन् ।