डेम्बेलेको ह्याट्रिकमा फ्रान्सद्वारा नर्वे पराजित

उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले विश्वकप फुटबलको शुक्रबार राति भएको खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको हो ।

असार १३, २०८३

एएफपी

Dembele's hat-trick leads France to victory over Norway

बस्टन — उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले विश्वकप फुटबलको शुक्रबार राति भएको खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । यस नतिजासँगै फ्रान्स लगातार तेस्रो खेल जितेर समूह ‘आई’ को विजेता बनेको छ ।

विश्व फुटबलका दुई युवा स्ट्राइकर किलियन एम्बाप्पे र इर्लिङ हालान्ड बीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको खेलमा पेरिस सेन्ट जेर्मेनका स्ट्राइकर डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । फ्रान्सेली कप्तान एम्बाप्पेले डेम्बेलेलाई पहिलो दुई गोलका लागि पास उपलब्ध गराइदिएका थिए । 

हालान्ड भने बेन्चमै रहे । उनलाई नर्वेले नकआउट चरणका लागि ‘रेस्ट’ दिएको थियो । अघिल्लो खेल खेलेको टोलीबाट नर्वेले हालान्डसहित १० खेलाडी परिवर्तन गरेको थियो । 

बालन डो’र विजेता डेम्बेलेले बोस्टन रंगशालामा सातौं मिनेटमा गोलको खाता खोलेका थिए । २० औं मिनेटमा उनले दोस्रो गोल गरे । तर त्यसको एक मिनेट पनि बित्न नपाउँदै नर्वेबाट थेलो आसगर्डले गोल फर्काए । डेम्बेलेले ३२ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । 

योसँगै डेम्बेलेसहित ब्राजिलका भिनिसियस जुनियर, एम्बाप्पे र हालान्डको ४–४ गोल पुगेको छ । अर्जेन्टिनाका लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन् । 

स्ट्रान्ड लार्सनले ५० औं मिनेटमा पेनाल्टी गुमाउँदा नर्वेले दोस्रो गोल गर्न सकेन । इन्जुरी टाइममा फ्रान्सबाट डेसाइर डोउले गोल गरे । 

Dembele's hat-trick leads France to victory over Norway

टोरोन्टोमा भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गरी तेस्रो स्थानको उत्कृष्ट आठ टोलीमा परेर नकआउट चरणमा पुग्ने आशालाई कायमै राखेको छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully