फिफा विश्वकप २०२६ : जर्मनी जितलाई निरन्तरता दिने दाउमा

जर्मनी र इक्वेडरबीचको ०१:४५ को खेल अमेरिकाको न्युयोर्कको न्यु जर्सीमा तथा आइभोरी कोस्ट र कुरासाओबीचको खेल फिलाडेल्फियामा हुनेछ ।

असार १२, २०८३

एएफपी

FIFA World Cup 2026: Germany aims to continue winning streak

न्युयोर्क — विश्वकप २०२६ को बिहीबार समूह ‘ई’को बिहीबार राति ०१:४५ को खेलमा जर्मनीले इक्वेडर तथा आईभोरी कोस्टले कुरासाओसँग प्रतिस्पर्धा गर्दैछ ।

जर्मनी र इक्वेडरबीचको खेल अमेरिकाको न्युयोर्कको न्यु जर्सीमा तथा आइभोरी कोस्ट र कुरासाओबीचको खेल फिलाडेल्फियामा हुनेछ ।

आईभोरी कोस्ट र कुरासाओसँगको खेल जितेर जर्मनी यसअघि नै समूह विजेता बनेर नकआउट चरणमा पुगिसकेको छ । 

जर्मनी बाहेक यस समूहबाट जुनै पनि टोली अन्तिम ३२ मा पुग्न सक्छन् । चार पटकको विश्वकप विजेता जर्मनी अघिल्ला दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । 

‘हाम्रो यात्रा अझै निरन्तर छ, म त्यसमा खुसी छु । यसमा हामी इमानदार हुन महत्त्वपूर्ण छ,’ जर्मनीका प्रशिक्षक जुलिएन नागेल्समनले भने, ‘हामीले दुई खेल जित्यौँ, एउटा निकै फराकिलो अन्तरमा र अर्को प्रतिस्पर्धात्मक खेलमा । हामी इक्वेडरलाई पनि पराजित गरेर अन्तिम ३२ को प्रतिद्वन्द्वीको पर्खाइमा रहने छौं ।’

प्रतियोगिताको अर्को चरणमा पुग्न इक्वेडरलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । पहिलो पटक विश्वकपमा खेलिरहेका कुरासाओमाथि विजय हात पारे आईभोरी कोस्ट समूह उपविजेता बन्न सक्छ । पछिल्लो खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोकेपछि कुरासाओको पनि नकआउट चरणमा पुग्ने सम्भावना जीवितै छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully