लिग चरणको अन्तिम खेलमा आफू अनुकूल नतिजा निकाल्न सक्ने डर

अल्जेरियासामु विश्वकपमा अस्ट्रियासँग ४४ वर्ष पुरानो खेलको बदला लिन अवसर हुनेछ, जतिबेला यी दुई देश लिग चरणको आफ्नो समूहको अन्तिम खेलमा भिड्नेछन् ।

असार ११, २०८३

एएफपी

Fear of being able to get a favorable result in the final match of the league stage

काठमाडौँ — अल्जेरियासामु विश्वकपमा अस्ट्रियासँग ४४ वर्ष पुरानो खेलको बदला लिन अवसर हुनेछ, जतिबेला यी दुई देश लिग चरणको आफ्नो समूहको अन्तिम खेलमा भिड्नेछन् । यो चरणको खेलमा एउटा डर रहनेछ, कतै टिमले आफूअनुकूल नतिजा निकाल्न खास नतिजाका लागि खेल्ने त होइन ? सन् १९८२ को विश्वकपमा पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले हराएको थियो । यो यस्तो नतिजा थियो, जसका कारण गोल अन्तरको आधारमा अल्जेरिया प्रतियोगिताबाट बाहिरिएको थियो । 

ती दुई देश भने अगाडि बढे । यो खेललाई अझै पनि ‘गिजोनको अपमान’ नामले सम्झिने गरिन्छ । यो खेलको नतिजालाई लिएर व्यापक विरोध पनि भएको थियो । यस्तोमा फिफाले एउटा ऐतिहासिक निर्णय गरेको थियो, लिग चरणको अन्तिम दुई खेल एकै समय गराउने । 

यसपल्टको विश्वकपमा ४८ टिमको सहभागिता रहेको हुनाले आफूअनुकूल नतिजा निकाल्न सक्ने डर फेरि तयार भएको छ । सन् १९९४ यता पहिलो पटक तेस्रो स्थानमा आउने टिमले पनि नकआउट चरण खेल्नेछन् । 

नकआउट चरण पुग्न अहिले पनि ४ अंक पर्याप्त हुनसक्छ । अहिलेको विश्वकपमा ४८ टिम छन् । ती टिम १२ समूहमा छन् । त्यही १२ समूहको तेस्रो स्थानमा आउने टिममध्ये शीर्ष आठले अन्तिम ३२ को चरण खेल्नेछन् । समूह ‘डी‘ मा बिहीबार अस्ट्रेलिया र पाराग्वे भिड्दै छन् । दुवैको समान ३ अंकमा छ । यी दुवै टिमले टर्कीलाई हराएको थियो अनि सह–आयोजक अमेरिकासँग भने पराजित भएको थियो । यो खेलको नतिजा बराबरीमा टुंगिने हो भने दुवै टोली नकआउट चरण पुग्नेछन् । 

अस्ट्रेलियाली डिफेन्डर जेसन जेरिया यही खेललाई लिएर भन्छन्, ‘केहीलाई यो खेलमा बदमासी हुनसक्ने डर छ । तर यस्तै हुनुपर्छ भन्ने हुन्न । हामी दुवै थप एक अंक जित्ने हो भने अर्को चरण पुग्नेछौं । हामी यही नतिजा मनमा राखेर खेल्ने छैनौं ।’ 

शुक्रबार इजिप्ट र इरानबीच खेलको स्थिति पनि यस्तै छ । दुवै टिमका लागि एक अंक अर्को चरण पुग्न पर्याप्त छ । त्यसैले यो खेलका नतिजा बराबरीमै टुंगिने सम्भावना धेरै छ । भू–राजनीतिको तनावबीच विश्वकप खेलिरहेको इरान सुरुआती दुवै खेलमा अपराजित छ । 

यी दुई बराबरीका लागि इरानले सक्दो राम्रो खेलेको छ । लगातार तेस्रो बराबरीले पनि इरानलाई नकआउट चरण पुर्‍याउने छ । यस्तो भएमा विश्वकप इतिहासमै पहिलो पटक इरान नकआउट चरण पुग्नेछ, उत्कृष्ट एक तेस्रो टिमका रूपमा । 

समूह ‘जी’ बाट इजिप्ट पनि अर्को चरण पुग्न सक्छ । यदि यही समूहको अर्को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई दुई गोलभन्दा बढी अन्तरले हराउन सकेन भने । केही टिमका लागि तेस्रो खेल यस्तो रहेको छ, जसको नतिजाको कुनै धेरै ठूलो अर्थ हुने छैन । 

यसपल्ट फिफाले गोल अन्तरको स्थानमा ‘हेड टु हेड’ नियम लागू गरेको छ । त्यो दुई टिम समान अंकमा छ भने । अहिलेसम्म मेक्सिको, अमेरिका, जर्मनी र अर्जेन्टिनाले आ–आफ्नो समूह जित्ने निश्चित भइसकेको छ । अर्कोतर्फ हाइटी, टर्की, ट्युनिसिया, जोर्डन र पानामा जस्ता टिमको चुनौती अन्तिम खेल अगाडि नै समाप्त भइसकेको छ । अहिलेको तेस्रो हुने उत्कृष्ट आठ टिम अर्को चरण पुग्ने नियमले थप केही जटिलता पनि ल्याएको छ । जुन टिमले सुरुमा खेल्छ, तिनीहरूको तुलनामा पछाडि खेल्ने टिमलाई फाइदा हुनेछ । 

अहिले नै के महसुस गर्न थालिएको छ भने ४८ टिमको विश्वकपबाट ३२ टिमको नकआउट चरणमा पुग्ने समीकरण कठिन मात्र छैन, यसले उत्तिकै विवाद पनि ल्याउन सक्नेछ । बरू यसको स्थानमा विश्वकपमा सहभागी संख्या बढाएर ६४ पुर्‍याउने हो भने त्यसले सहजता ल्याउन सक्नेछ भन्ने मत पनि अगाडि आएको छ । यस्तोमा १६ समूह हुनेछ । प्रत्येक समूहको शीर्ष दुई टिम अन्तिम ३२ को चरणमा पुग्नेछन् । तर यति धेरै सहभागी हुने विश्वकपको आयोजना आफैंमा कतिसम्म गाह्रो हुन सक्नेछ, त्यो अर्को प्रश्न हुनेछ ।  

विश्वकप २०२६

एएफपी

Link copied successfully