पहिलो हाफमा ब्राजिल २ गोलले अगाडि

दुवै गोल भिनिसियस जुनियरले गरेका हुन् ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

Brazil leads by 2 goals in the first half

काठमाडौँ — ब्राजिलले विश्वकप २०२६ को समूह सी अन्तर्गत स्कटल्यान्डविरुद्ध चलिरहेको खेलमा पहिलो हाफ समाप्त हुँदा २–० गोलको अग्रता लिएको छ ।

खेलको दुवै गोल भिनिसियस जुनियरले गरेका छन् । उनले सातौं मिनेटमा गोलको खाता खोलेपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल थपे ।

यस्तै, अर्को खेलमा मोरक्को र हाइटीबीच २–२ गोलको बराबरी चलिरहेको छ । हाइटीले यासिन बोनेउको आत्घाती गोलमा अग्रता लिएपछि असरफ हाकिमीले ३९ औं मिनेटमा बराबरी गोल फर्काए । लगत्तै विल्सन इसिडोरले हाइटीलाई ४३ औं मिनेटमा फेरि अग्रता दिलाए ।

इन्जुरी समयमा इस्माइल साइबरीले मोरक्कोका लागि दोस्रो पल्ट बराबरी गोल गरे । अहिलेको स्थितिमा ब्राजिलसामु सात अंकसहित समूह जित्ने अवसर हुनेछ । त्यसपछि मोरक्को पाँच अंकमा दोस्रो स्थानमा हुनेछ । स्कटल्यान्ड तीन र हाइटी एकै अंकमा सीमित रहनेछ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully