दुवै खेल गोलरहित बराबरीमा

विश्वकप २०२६ को समूह ए को अन्तिम दुई खेल अहिले चलिरहेको छ र दुवै खेलको पहिलो हाफ सकिंदा गोलरहित बराबरीको स्थितिमा छ ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

Both games ended in a goalless draw

काठमाडौँ — विश्वकप २०२६ को समूह ए को अन्तिम दुई खेल अहिले चलिरहेको छ र दुवै खेलको पहिलो हाफ सकिंदा गोलरहित बराबरीको स्थितिमा छ । मेक्सिको सिटी स्टेडियममा सह–आयोजक मेक्सिकोले चेक गणतन्त्रको सामाना गरिरहेको छ ।

यस्तै स्टाडियो मोन्टेरीमा दक्षिण कोरिया र दक्षिण अफ्रिका भिडिरहेका छन् । मेक्सिको यस अघि नै नकआउट चरण पुगिसकेको छ र उसले नै समूह जित्ने पनि निश्चित भइसकेको छ । अहिलेका लागि मेक्सिको सात अंकमा शीर्ष स्थानमा छ ।

Both games ended in a goalless draw

त्यसपछि दक्षिण कोरिया चार अंकमा छ र अहिलेको नतिजा कायम रहे, दोस्रो स्थानमा रहेर यो टिम पनि दोस्रो चरण पुग्नेछ । चेक गणतन्त्र र दक्षिण अफ्रिका भने समान दुई अंकमा छन् र यो स्थिति उनीहरूका लागि अनुकुल रहेको छैन् ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully