दोस्रो चरणको समाप्तिमा ६ उत्कृष्ट मोड

विश्वकप २०२६ को लिग चरणमा सबैले समान दुई खेल खेल्दा सम्भवत: यी मोडहरु उत्कृष्ट हुन सक्छन्।

असार ११, २०८३

रोयटर्स

6 great turns at the end of the second round

What you should know

मियामी —  

विश्वकप २०२६ को सनसनीमा पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो पनि जोडिएका छन् । त्यसअघि अर्जेन्टिनी लियोनल मेसीले गोलको नयाँ कीर्तिमान बनाएर सबै ख्याति आफैंले मात्र कमाउने छाँट देखाएका थिए । 

यसबीच इरानले पनि आफ्नो मजबुत संघर्ष गर्न सक्ने क्षमता देखाएको छ अनि टर्की जत्तिको टिम साह्रै नमज्जासँग प्रतियोगिताबाट बाहिरिएको छ । विश्वकप २०२६ को लिग चरणमा प्रत्येक टिमले समान दुई खेल खेल्दा ती सबै कुनै नाटकभन्दा कम रहेन ।  

सम्भवतः यी छ मोडलाई उत्कृष्ट मान्न सकिनेछ । 

रोनाल्डोको पुनरागमन

यस विश्वकपमा अपेक्षा गरिएका प्रमुख केही स्टार सुरुआतमै चम्किए । अरू ठूला स्टारले आफ्नो उत्कृष्ट प्रदर्शन गरेकै बेला क्रिस्टियानो रोनाल्डोको प्रदर्शन चुपचाप जस्तै रह्यो । तर प्रतियोगितामा पुनरागमन रच्न ४१ वर्षीय खेलाडीका लागि उज्वेकिस्तानको एक खेल पर्याप्त रह्यो । उनले त्यस खेलमा दुई गोल पनि गरेर आफूमा अझै केही क्षमता छ भन्ने देखाए ।

मेसीले जोगाएर राखेको लय

लियोनल मेसीले बुधबार नै आफ्नो ३९ औं जन्मदिन मनाउने छन् । उनका लागि यो त अंकको एउटा खेल मात्रै हुन सक्छ, किनभने सायद आधुनिक फुटबलका महान खेलाडीमध्ये सबैभन्दा अगाडि आउने मेसीले यसपल्टको विश्वकपकै लागि भने आफ्नो उत्कृष्ट लय जोगाएर राखे जस्तै देखिएको छ । उनले दुई खेलमा गरेको ५ गोलले सबथोक बयान गरिरहेको छ । 

होडमा एमबाप्पे र हालान्ड

लिग चरणको दोस्रो खेलक्रममा अर्जेन्टिना मात्र होइन, फ्रान्स र नर्वेको खेल पनि एकै दिन जुरेको थियो । यस क्रममा मेसीमात्र लयमा देखिएनन् फ्रान्सका लागि केलियन एमबाप्पे र नर्वेका लागि इर्लिङ हालान्ड पनि चम्किए । मेसीले सुरु गरेको सनसनीलाई एमबाप्पेले अगाडि बढाए  अनि हालान्डले त्यसलाई नयाँ उचाइ दिए । अबको दिनमा मेसी र रोनाल्डोपछि आफ्नो उत्कृष्टता देखाउने यिनै एमबाप्पे र हालान्ड नै त हुन् ।

नर्वेको लोभलाग्दो खुसी मनाउने शैली

नर्वे ३२ वर्षपछि पहिलो पटक विश्वकपमा खेलिरहेको छ र यसक्रम नकआउट चरणमा प्रवेश निश्चित भएपछि टोलीले मनाएको खुसीयालीले पनि सबैको नजर आकर्षित गरेको छ । नर्वेले लगातार दोस्रो जित हात पारेपछि कप्तान मार्टिन ओडेगार्डले ड्रम बजाए अनि अन्य साथी खेलाडीले डुंगा खियाएको नक्कल गरे । तिनका समर्थक मात्र के कम र ? दर्शकदीर्घाबाट पनि उनीहरूले यसरी नै लोभलाग्दो खुसीयाली मनाए । 

भ्यानकोभरमा छताछुल्ल इजिप्टको खुसी

विश्वास नहुन सक्छ, विश्वकपमा एउटा जितका लागि इजिप्टले ९२ वर्ष कुर्नुपरेको थियो । जतिबेला इजिप्टले पहिलो ऐतिहासिक पहिलो जितका लागि न्युजिल्यान्डलाई हरायो । तिनका खेलाडीको खुसी हेरिनसक्नु रह्यो । यसक्रममा खेलाडीले भ्यान्कोभरको सडक–सडकमै समर्थकसँग खुसी साटे । यसबीच सबैको मन चोर्न सफल खेलाडी रहे, मोहम्मद सलाह । उनी सबैको आकर्षणको केन्द्रमा रहेका थिए । 

एसियालीमध्ये जापान नै अब्बल

यो विश्वकपमा कुनै एसियाली देशले आफूलाई अब्बल साबित गरेको छ भने त्यो जापान मात्रै हो । जापानले सुरुमा नेदरल्यान्ड्सविरुद्ध पुनरागमन बराबरी रच्यो भने पछि ट्युनिसिया जस्तो बलियो विपक्षी टिमलाई पनि मज्जाले हरायो । जापानको ४ अंक छ । एसियाली देशमध्ये यो  सबैभन्दा बढी हो । धेरैको अनुमान के छ भने यो टिम लामै समय प्रतियोगिता कायम रहनेछ । 

खेल नतिजा 

पोर्चुगल ५–० उज्वेकिस्तान

कोलम्बिया १–० डीआर कंगो

इंग्ल्यान्ड ०–० घाना

क्रोएसिया १–० पानामा

विश्वकप खेल तालिका 

कुराकाओविरुद्ध आइभोरी कोस्ट

१२ असार, ०१ः४५ बजे

इक्वेडरविरुद्ध जर्मनी 

१२१ असार, ०१ः४५ बजे

ट्युनिसियाविरुद्ध नेदरल्यान्ड्स

१२ असार, ०४ः४५ बजे

जापानविरुद्ध स्विडेन

१२ असार, ०४ः४५ बजे

टर्कीविरुद्ध अमेरिका

१२ असार, ०७ः४५ बजे

पाराग्वेविरुद्ध अस्ट्रेलिया

१२ असार, ०७ः४५ बजे

विश्वकप २०२६

रोयटर्स

Link copied successfully