क्रोएसियाको जितसँगै बाहिरियो पानामा

क्रोएसियाले विश्वकप २०२६ मा बुधबार पानामालाई १–० ले पराजित गरेको छ । यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Panama eliminated with Croatia's win

काठमाडौँ — क्रोएसियाले विश्वकप २०२६ मा बुधबार पानामालाई १–० ले पराजित गरेको छ । यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । तर पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लगातार दोस्रो हारपछि पानामाको चुनौती समाप्त भएको हो । समूह एल मा इंग्ल्यान्ड र घाना चार चार अंकमा छन् । त्यसपछि क्रोएसियाको तीन अंक छ । पानामा भने शून्य अंकमै सीमित रह्यो ।

टोरन्टो स्टेडियममा भएको खेलमा एक मात्र गोल एन्टे बुडिमिरले ५४ औं मिनेटमा गरे । जोसिफ स्टानिसिचले निकालेको लो क्रसलाई बुडिमिरले सजिलै पोस्टको दिशा दिएका हुन् ।

अब समूहको लिग चरणको अन्तिम दिनको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully