कोलम्बिया नकआउट चरणमा

कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ र यसका लागि उसले समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हरायो ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Colombia in the knockout stages

काठमाडौँ — कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ र यसका लागि उसले समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हरायो । स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे ।

खेलको ७६ औं मिनेटमा मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे । लगातार दोस्रो जितपछि कोलम्बियाको छ अंक भएको छ र समूहको शीर्षमा रह्यो । पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ ।

कंगो भने एक अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान भने शून्य अंकमा पुछारमा रह्यो र उसको चुनौती समाप्त भइसकेका छ । अब समूह विजेताको निर्णय गर्नका लागि कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ । अर्को खेलमा कंगो र उज्वेकिस्तान भिड्ने छन् ।

कान्तिपुर

Link copied successfully