काँक्रेविहार हाफ म्याराथनको उपाधि राजन रोकायलाई

निर्धारित २१ किलोमिटर दुरीको दौड रोकायले १ घण्टा ९ मिनेट ३१ सकेन्डमा पुरा गरी उपाधि जितेका हुन् ।

असार ८, २०८३

तृप्ति शाही

Rajan Rokaya wins Kankrebihar Half Marathon title

वीरेन्द्रगर — एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । निर्धारित २१ किलोमिटर दुरीको दौड रोकायले १ घण्टा ९ मिनेट ३१ सकेन्डमा पुरा गरी उपाधि जितेका हुन् ।

रोकायले १ लाख ५० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै एक्सट्रिम इनर्जी ड्रिङ्स टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो र विभागीय टोली एपीएफका गोपिचन्द्र पार्की तेस्रो भए ।

महिलातर्फको १० किलोमिटर दौडको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले निर्धारित दूरी ३६ मिनेटमा पूरा गरिन् । उक्त दौडमा जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो भए ।

महिलातर्फको ५ किलोमिटर दौडको उपाधि सुर्खेतकी कृष्णा रानाले हात पारिन् । उनले निर्धारित दूरी २० मिनेटमा पूरा गरिन् । यस्तै, पुरुषतर्फ ५ किलोमिटर दौडमा कालीकोटका अनिल शाही प्रथम भए । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको छ ।

‘दौडिन्छ कर्णाली’ नारालाई मूर्तरूप दिन कर्णाली खेलकुद विकास परिषद्को समन्वयमा विगत दुई वर्षदेखि मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully