नेपाल ओलम्पिक कमिटीको सहकार्य र बागमती प्रदेश हक्की संघको आयोजनामा भएको प्रतियोगितामा महिलामा ३ र पुरुषमा ३ टोलीको सहभागिता रहेको थियो ।
भक्तपुर — अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (२३ जुन) को अवसरमा भक्तपुरमा अन्तर क्लब हक्की खेल भएको छ ।
नेपाल ओलम्पिक कमिटीको सहकार्य र बागमती प्रदेश हक्की संघको आयोजनामा भएको प्रतियोगितामा महिलामा ३ र पुरुषमा ३ टोलीको सहभागिता रहेको थियो ।
महिलातर्फ गेस हक्की क्लब ‘बी’ उत्कृष्ट प्रदर्शन गर्दै विजेता भयो भने सोही क्लबका ए टिम उपविजेता बन्यो ।नेपाल ओलम्पिक कमिटीका चतुरानन्द राजवैद्यले ओलम्पिक आन्दोलनले खेलमार्फत मित्रता, सम्मान र उत्कृष्टताको भावना प्रवर्द्धन गर्ने बताए ।
नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस खेलाडी, प्रशिक्षक र खेलप्रेमीलाई एकताबद्ध गर्ने महत्वपूर्ण अवसर भएको बताइन् । उनले हक्की खेलको विकासका लागि विद्यालय र क्लबस्तरमा यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
विजेता टोलीलाई हक्की संघका महासचिव श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
