काठमाडौंले वीरगन्ज महानगरपालिकालाई वीरगन्ज ६ विकेटले र ललितपुरले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्यो ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले प्रथम पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा विजय हात पारेका छन् । काठमाडौंले वीरगन्ज महानगरपालिकालाई वीरगन्ज ६ विकेटले र ललितपुरले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्यो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको वीरगन्जले १५ ओभरमा छोट्याइएको ८ विकेट गुमाई १ सय ११ रन बनायो । अरनिको यादवले २६ बलमा सर्वाधिक २९, रूपेश सिंहले २० बलमा अविजित २६ र अनिल साहले २२ रन जोडे । काठमाडौंका नितेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
काठमाडौंले १२ ओभरमै लक्ष्य पुरा गर्यो । रिन्जिन लामाले २४ बलमा ४४ रन जोडे । प्लेयर अफ द म्याच सोनु देवकोटाले १८ बलमा ३४ र इशान पाण्डेले २१ रन बनाए ।
अर्को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सुर्यान्शु कोइरालाले ३२ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने शुभ कंसाकारले २१ र गौतम केसीले १८ रन बनाए । ललितपुरका गणेश गौतमले ३ र बिधान खतिवडाले २ विकेट लिए ।
ललितपुरले ५ बल बा“की रह“दै जित दर्ता गर्यो । विपिन आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा अविजित ८२ रनको इनिङ्स खेले । सकृयप्रताप कार्कीले १७ बलमा अविजित ३ र सचिन लेखकले ३३ रन बनाए । भरतपुरका शुभ कंसाकारले ३ विकेट लिए ।
