गोकर्ण गल्फ क्लबमा सदभावसम्मिलित टिमले १ सय ६६ अंक जोडेर उपाधि जितेको हो ।
What you should know
काठमाडौँ — सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रो–एमको उपाधि एमेच्योर गल्फर सदभाव आचार्यको टिमले जितेको छ ।
गोकर्ण गल्फ क्लबमा सदभावसम्मिलित टिमले १ सय ६६ अंक जोडेर उपाधि जितेको हो । सद्भावले ४५, सायन बस्न्यातले ४२, सत्यजोत रानाले ४० र किरण पौडेलले ३९ अंक जोडे । विजयी खेलाडीलाई ओडिसीको पटर प्रदान गरियो ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ मा सिजनको अन्तिम प्रतियोगिता रहेको प्रिमियर गल्फमा प्रोफेसनल गल्फर शुक्रबहादुर राईको टिम १ सय ५५ सहित दोस्रो भयो । शुक्रले ४१ अंक जोड्दा एमेच्योर जिग्मे डोङ्स्टेनले ३९, प्रदीप केसीले ३८ र उज्जवल प्रधानाङले ३७ अंक बटुले । उनीहरूले क्यालवेको वेज पुरस्कार पाए ।
प्रोफेसनल गल्फर जयराम श्रेष्ठको टिमले १ सय ५० अंक सहित तेस्रो स्थान प्राप्त गर्यो। जयरामले ४० अंक जोड्दा एमेच्योर फुर्साङ लामा र तेन्जिङ लामाले समान ३७ तथा टेन्डी शेर्पाले ३६ अंक जोडे ।
महिलातर्फ विपना श्रेष्ठले काउन्टब्याकमा उपाधि जितिन् । उनले एन्जिला योञ्जनलाई पछि पारिन् । तेन्जिङ छिरिङले लङ्गेस्ट ड्राइभ र बावु शेर्पाले क्लोजेस्ट टु द पिनको उपाधि हात पारे ।
विजयी खेलाडीलाई सूर्य नेपालका म्यानेजिङ डारेक्टर गौरव तयाल, सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसी, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरे ।
सूर्य नेपाल प्रालिले राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर राहुल विश्वकर्मालाई खेल सामग्री सहयोग गरेको छ ।
अघिल्लो दिन सूर्य नेपाल प्रिमियर गल्फको उपाधि सुवास तामाङले प्लेअफमा जितेका थिए । प्लेअफमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराएर उनी च्याम्पियन भएका हुन् ।
उनले ३ लाख २० हजार नगद पुरस्कार हात पारे । भुवन दोस्रो रसदभाव आचार्य तेस्रो भए ।
