ओलम्पिक दिवसमा जुनियर टेनिस

काठमाडौं जिल्ला टेनिस संघको समन्वयमा आयोजित उक्त विशेष खेलकुद कार्यक्रममा कूल ३६ जना बालबालिकाहरूले सहभागिता जनाएका थिए ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

Junior Tennis on Olympic Day

काठमाडौँ — अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा आयोजित जुनियर टेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)की उपाध्यक्ष ज्योति राणाले निम्ति कुँवर तथा अन्य सहभागी सम्पूर्ण बाल खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आधिकारिक प्रमाणपत्र र खेलकुद सामग्रीहरू वितरण गरे ।

काठमाडौंको मण्डिखाटारमा प्रतियोगिता भएको थियो । काठमाडौं जिल्ला टेनिस संघको समन्वयमा आयोजित उक्त विशेष खेलकुद कार्यक्रममा कूल ३६ जना बालबालिकाहरूले सहभागिता जनाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जुनियर खेलाडी निम्ति कुँवर प्रतियोगिताको विजेता बन्न सफल भइन् ।

प्रमुख अतिथि राणासहित काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष प्रवीण वैद्य, पूर्वअध्यक्ष मनोज राणा तथा पूर्व राष्ट्रिय खेलाडी मल्लिका राणा, प्रवर्द्धकका रूपमा राजेन्द्र भण्डारीले विजयी खेलाडीलाई पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully