बोस्नियामाथिको जितले स्विट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना बलियो

स्विस टोलीले समूह ‘बी’ बाट दुई खेलबाट चार अंक बटुलेको छ र नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

असार ५, २०८३

एएफपी

Switzerland's chances of reaching the knockout stages strengthened with victory over Bosnia

लस एन्जल्स — वैकल्पिक खेलाडी जोहान मान्जाम्बीको दुई गोलबाट प्रेरित स्विट्जरल्यान्डले विश्वकप २०२६ को लस एन्जल्समा बिहीबार राति भएको खेलमा बोस्निया हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ ।

स्विस टोलीले समूह ‘बी’ बाट दुई खेलबाट चार अंक बटुलेको छ र नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । बोस्नियाले लगातार दोस्रो खेल पनि जित्न सकेन । अघिल्लो खेलमा स्विट्जरल्यान्डलाई कतारले र बोस्नियालाई क्यानडाले १–१ को समान बराबरीमा रोकेका थिए । 

लस एन्जल्समा दुवै टोलीले खासै राम्रो अवसरहरु सिर्जना गर्न सकिरहेका थिएनन् । तर दोस्रो हाफको हाइड्रेसन ब्रेकपछि स्विट्जरल्यान्डले गरेको खेलाडी परिवर्तनले खेलेका नक्सा नै परिवर्तन गरिदियो । 

जोहान मान्जाम्बीले ७४ औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए । उनी त्यसको तीन मिनेटमात्र अघि मैदान प्रवेश गरेका थिए । बोस्नियाका रक्षकले क्लियर गर्न खोजेको बललाई मान्जाबीले गोलमा परिणत गरेका हुन् । 

लास्ट म्यानको रुपमा बोस्नियाका रक्षक तारिक मुहारेमोभिजले स्विट्जरल्यान्डका ब्रिल इम्बोलोलाई पेनाल्टी बक्सको बाहिर लडाएपछि रातो कार्ड पाए । स्विस टोलीको त्यसको भरपुरर फाइदा उठायो । 

अर्का वैकल्पिक खेलाडी रुबेन भार्गासले ८४ औं मिनेटमा स्विट्जरल्यान्डबाट दोस्रो गोल गरे । मान्जाम्बीले नै ९० औं मिनेटमा स्विट्जरल्यान्डबाट तेस्रो गोल गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा बोस्नियाबाट इर्मिन माहमिजले गोल फर्काएका छन् । 

स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले अन्तिम समयमा पेनाल्टीबाट चौथो गोल गरे ।

एएफपी

Link copied successfully