प्रतियोगिताको नतिजाअनुसार आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने ४६औँ चेस ओलम्पियाडका लागि पुरुष र महिलातर्फ पाँच/पाँच गरी १० खेलाडी छनोट भएका छन् ।
काठमाडौँ — झापाको दमकस्थित होटल कामाक्षमा सम्पन्न २६औँ खुला तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारी च्याम्पियन बनेका छन् ।
खुलातर्फ रौतहटका रुपेशले ११ खेलबाट ९.५ अंक जोड्दै लगातार उपाधि रक्षा गर्दै तेस्रो पटक राष्ट्रिय च्याम्पियन बने। दोलखाका आशिष फुयाल दोस्रो तथा राजन सुवेदी तेस्रो भए ।
महिलातर्फ झापाकी कृतिसरा अधिकारीले ८.५ अंकसहित उपाधि जितिन्। पूजा भण्डारी दोस्रो तथा निहाना श्रेष्ठ तेस्रो स्थानमा रहिन् ।
प्रतियोगिताको नतिजाअनुसार आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने ४६औँ चेस ओलम्पियाडका लागि पुरुष र महिलातर्फ पाँच/पाँच गरी १० खेलाडी छनोट भएका छन् ।