अस्ट्रेलियाको गोल्डकोस्टमा भएको प्रतियोगिताको सोही स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठले कांस्य जितेका छन् ।
काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडी जितबहादुर बोटेले डब्लूटी प्रेसिडेन्ट कप गोल्डकोस्ट (जी–३) ओपन तेक्वान्दोमा रजत पदक जितेका छन् । उनले ४० वर्षमुनि पुरुष एकल पुम्सेमा रजत जितेका हुन् ।
अस्ट्रेलियाको गोल्डकोस्टमा भएको प्रतियोगिताको सोही स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठले कांस्य जितेका छन् । पुरुष ३० वर्षमुनि टिम पुम्सेमा मनोज श्रेष्ठ, शिशिर श्रेष्ठ र पारस भण्डारीले कांस्य जितेका छन् ।
प्रतियोगितामा नेपालको अन्तर्राष्ट्रिय निर्णायकद्वय अशोक खड्का र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
