न्यु जर्सीको मैदानको आलोचना

फ्रान्सका मिडफिल्डर एड्रिइन राबिओटले मैदानलाई कृत्रिम (आर्टिफिसियल) जस्तै भएको बताएका छन् । फ्रान्सले मंगलबार राति न्यु जर्सीको यही मैदानमा सेनेगलमाथि ३–१ को विजय हात पारेको थियो ।

असार ३, २०८३

एएफपी

Criticism of the New Jersey field

न्यु जर्सी — फ्रान्सका मिडफिल्डर एड्रिइन राबिओटले न्यु योर्कको न्यु जर्सी रंगशालाको पिच (मैदान) को गुणस्तरमाथि प्रश्न उठाएका छन् । राबिओटले यसलाई कृत्रिम (आर्टिफिसियल) जस्तै भएको जनाए छन् । फ्रान्सले मंगलबार राती न्यु जर्सीको यही मैदानमा सेनेगलमाथि ३–१ को विजय हात पारेको थियो । 

यो मैदान एनएफलको टिम न्यु योर्क जायन्ट्स एन्ड जेट्सको गृह मैदान हो । मेटलाइफ स्टेडियमको नामले पनि चिनिने यस रंगशालामा इंल्यान्डले आफ्नो समूहको अन्तिम खेल जुन २७ मा पानामासँग खेल्दैछ र यही मैदानमा जुलाई १९ मा फाइनल पनि हुनेछ । 

३१ वर्षे राबिओटले सेनेगलसँग पुरा खेल खेल्दै दोस्रो गोलका लागि ब्राड्ली बार्कोलालाई पास उपलब्ध गराइदिएका थिए । फ्रान्सले विजय हात पारेपछि उनले मैदानको आलोचना गरेका हुन् । ‘पिच... त्यो भन्नलाई त्यहाँ केही पनि थिएन, मलाई त यो कृत्रिम मैदान जस्तो लाग्यो, किन भने यो कडा र कठिन थियो,’ राबिओटले खेलपछि भने । 

यसअघि नै ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले पनि यस अघि नै यो पिचको आलोचना गरेका थिए । ब्राजिल आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिएपछि भिनिसियसले पिचमा सुख्खापन रहेको जनाएका थिए । 

७८ हजार ५ सय ७६ दर्शक क्षमता रहेको यस पिच यसअघि कृत्रिम रहे पनि विश्वकपका लागि अस्थायी रुपमा घाँस हालिएको छ ।

एएफपी

Link copied successfully