नखिपोट कप बास्केटबलमा आर्मी र ग्रान्डी च्याम्पियन

आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा शनिबार पुरुष फाइनलमा आर्मीले आईआईएमएस कीर्तिपुरलाई ८३–७८ स्कोरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । आर्मीका प्रज्ज्वल महर्जनले २२ स्कोर जोडे ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

Army and Grande are champions in Nakhipot Cup basketball

What you should know

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन आर्मी क्लब र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

आर्मी पुरुष र ग्रान्डी महिलामा च्याम्पियन भएको हो । आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा शनिबार पुरुष फाइनलमा आर्मीले आईआईएमएस कीर्तिपुरलाई ८३–७८ स्कोरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । आर्मीका प्रज्ज्वल महर्जनले २२ स्कोर जोडे ।

पहिलो क्वाटरमा २०–१४ को अग्रता लिएको आर्मी दोस्रोमा २४–२५ ले पछि पर्‍यो । तेस्रोमा आर्मीले पुनः अग्रता लिने क्रममा १९–१५ स्कोर गर्‍यो । चौथो क्वाटरमा कीर्तिपुर २४–२० ले अगाडि रहे पनि जितलाई त्यो पर्याप्त भएन । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

Army and Grande are champions in Nakhipot Cup basketball

महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बूढानीलकण्ठ टिमलाई ६७–३४ स्कोरले हरायो । ग्रान्डीकी रिन्चेन मोक्तानले २० स्कोर गरिन् । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः २१–१०, १६–८, २१–९ र ९–७ को प्रदर्शन गर्‍यो । विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार हात पारे ।

पुरुषमा आर्मीका रविन खत्री र महिलामा ग्रान्डीकी रिन्चेन मोक्तान ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवैले २०–२० हजार पुरस्कार जिते । आर्मीका सयुन राई र बूढानीलकण्ठकी उर्जा राना मगर उदीयमान खेलाडी चुनिए । दुवैले जनही १० हजार पाए ।

विजेतालाई मुख्य प्रायोजक ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बूलगायतले पुरस्कृत गरे ।

पुरुषमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन् । महिलामा ६ टिमले लिगकम नकआउट आधारमा खेलेका थिए ।

कान्तिपुर

Link copied successfully