चेकमाथि दक्षिण कोरियाको पुनरागमन जित

दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ ।

जेष्ठ २९, २०८३

हिमेश

South Korea's comeback win over Czechs

काठमाडौँ — दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।

आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ । उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । यी नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

South Korea's comeback win over Czechs

स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेक टिमले ५९औं मिनेटमा अग्रता लिएको थियो र उसका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरे । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले बराबरी गोल फर्काए ।

South Korea's comeback win over Czechs

खेलको ८० औं मिनेटमा ओह ह्योन ग्युले निर्णायक गोल गरे । त्यसको ठीक अगाडि चेक गणतन्त्रको गोल गरे पनि त्यसले मान्यता पाएको थिएन र टोमस सोचेकको प्रहारलाई अफ साइड मानिएको थियो ।

हिमेश

Link copied successfully