लिनिङसँग बास्केटबलको साझेदारी निरन्तर

बास्केटबल संघ र लिनिङबीच सन् २०२२ मा चार वर्षे सम्झौता भएको थियो । त्यो सम्झौता अवधि सकिएपछि थप चार वर्षका लागि नवीकरण भएको हो ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Basketball partnership with Lining continues

What you should know

काठमाडौँ — नेपाल बास्केटबल संघ (नेबा) ले चिनियाँ स्पोर्ट्स कम्पनी लिनिङसँगको सम्झौतालाई नवीकरण गरेको छ । यी दुईले चार वर्षअघि गरेको सम्झौता बिहीबार आयोजित कार्यक्रमबाट निरन्तर दिने घोषणा गरेका हुन् ।

बास्केटबल संघ र लिनिङबीच सन् २०२२ मा चार वर्षे सम्झौता भएको थियो । त्यो सम्झौता अवधि सकिएपछि थप चार वर्षका लागि नवीकरण भएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहको रोहबरमा भएको सम्झौतामा बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र चाइना ट्रेडिङ कम्पनी (सीटीसी) का प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार लिनिङले नेपालको यू–१८ देखि राष्ट्रिय महिला र पुरुष टोलीलाई जर्सीसहित आवश्यक खेल सामग्री प्रदान गर्नेछ । सोही अवसरमा नेपाली राष्ट्रिय बास्केटबल टोलीको रातो, नीलो र सेतो रङको जर्सी सार्वजनिक गरिएको थियो । नेपाली राष्ट्रिय बास्केटबल पुरुष टोलीका कप्तान सदीश प्रधान, महिला टोलीकी कप्तान अनुशा मल्ल र लिनिङकी ब्रान्ड एम्बासडर तथा राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला सुब्बा तुम्बापोले जर्सी अनावरण गरेका थिए ।

Basketball partnership with Lining continues

सीटीसीका सीईओ महर्जनले २०२२ मा नेबासँग रणनितीक रूपमा सम्झौता गर्दा लिनिङले नेपालमा बास्केटबलको संस्कार बसाल्न प्रयास गरेको र लिनिङले नयाँ आउँदो खेलाडीसँग पनि सहकार्य गर्ने जनाएका थिए । वर्तमान सम्झौता वार्षिक १० लाखबराबर रहेको जनाउदै जर्सी बिक्रीबाट आएको रकम बास्केटबलको राष्ट्रिय प्रतियोगिताका लागि खर्च गरिने जनाए ।

Basketball partnership with Lining continues

नेबाका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय खेलमा ठूलो ब्रान्डको धेरै महत्त्व रहने र नेपाल जस्तो राष्ट्रलाई मनोवैज्ञानिक रुपमै ठूलो प्रभाव पार्ने बताए । लिनिङसँगको सम्झौताले नेपाली खेलाडीको मनोबल बढ्ने अपेक्षा लिएको जनाए । सदस्य सचिव मेहताले खेलकुदको व्यापार भित्र्याएर सरकार खेलकुद विकास गर्न लागिपर्ने जनाए । फुटबल टोलीका पूर्वकप्तान सिंहले ब्रान्डेड सामान प्रयोग गर्दा खेलाडीको प्रदर्शनमा पनि ठूलो प्रभाव पर्ने आफ्नो अनुभव रहेको सुनाएका थिए ।

बास्केटबलका कप्तानद्वय सदीश र अनुशाले लिनिङसँगको यस सहकार्यले सबै बास्केटबल खेलाडीको मनोवल वृद्धि हुने बताएका थिए । ब्रान्ड एम्बासडर एन्जिलाले लिनिङले नेपाली खेलकुदमा गरिरहेको सहयोग र सपोर्ट सराहनीय रहेको बताउँदै खेलाडीलाई उत्साही गराएको बताइन् ।

Basketball partnership with Lining continues

कान्तिपुर

Link copied successfully