राष्ट्रिय मुवाँथाई प्रतियोगिता असारमा हुने

आउँदो ७ र ८ असारमा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न ४४ तौल समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

National Muay Thai Championship to be held in Ashar

काठमाडौँ — नेपाल राष्ट्रिय मुवाँथाई संघले तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता गर्ने भएको छ ।

आउँदो ७ र ८ असारमा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न ४४ तौल समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए ।

पुरुषतर्फ १४ र महिलातर्फ ८ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । दुवैतर्फ हरेक तौलमा एमेच्योर र सेमी प्रोफेसनलको फरक विधा हुनेछ । पाँच फाइट खेलिसकेकाले सेमी प्रोमा प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष कक्षपतिले बताए ।

अन्तर्राष्ट्रिय प्रोफेसनल प्रतियोगिता खेलिसकेका खेलाडीले भने यस राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन् । देशभरबाट प्रतियोगितामा झन्डै ३ सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मुवाँथाईले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि पदक जितेको बताउँदै अध्यक्ष कक्षपतिले कम्ब्याट गेम भएकाले नेपालमा मुवाँथाईको सम्भावना राम्रो रहेको बताए । उनले नवौं राष्ट्रिय खेलमा डेमोस्ट्रेसन भइसकेकाले दसौं राष्ट्रियमा मुवाँथाई पनि समावेश गरिने जानकारी गराए ।

कान्तिपुर

Link copied successfully