प्रतियोगिता कालधारा ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ ।
काठमाडौँ — नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आयोजना गर्ने नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप ३० जेठ आयोजना हुने भएको छ ।
प्रतियोगिता कालधारा ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत क्लाइम्बिङ स्पोर्ट संघले नेपालमा स्पोर्ट क्लाइम्बिङसहित साहसिक खेलकुद तथा खेल पर्यटनको विकास र प्रवर्द्धनका लागि विभिन्न प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिता क्वालिफिकेसन र फाइनल राउन्ड गरी दुई चरणमा सम्पन्न हुनेछ । बोल्डरिङ विधामा मात्र हुने भएकाले प्रतियोगिता एकदिने चल्नेछ । राष्ट्रिय प्रतियोगिता भएकाले सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १७ वर्ष वा सोभन्दा माथिका इच्छुक खेलाडीले सहभागिता जनाउन सक्नेछन् ।
पुरुष तथा महिला दुवै समूहका क्वालिफिकेसन र फाइनल चरणका प्रतिस्पर्धा सञ्चालन हुने संघका अध्यक्ष रमेश पौडेलले बताए । क्वालिफिकेसन चरणबाट महिला र पुरुषतर्फ ८–८ खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् । महिला तथा पुरुष दुवैका विजेताले ३० हजार, दोस्रोले २० र तेस्रोले १० स्थानका विजेताले पाउनेछन् ।
प्रतियोगिताको मुख्य उद्देश्य क्लाइम्बिङ खेलसाग आबद्ध खेलाडी, प्रशिक्षक, प्राविधिक तथा साहसिक खेल क्षेत्रमा संलग्न व्यक्तिहरूको मनोबल उच्च राख्दै यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नु भएको पौडेलले जनाए ।
