वर्षाले फाइनल स्थगित, बुधबार बिहान खेलाइने  

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनायो ।

जेष्ठ २६, २०८३

कान्तिपुर संवाददाता

Final postponed due to rain, to be played on Wednesday morning

काठमाडौँ — तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कुल र डीएभीबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनायो । मोहम्मद अब्बास सफीले अविजित ३३, श्यामबाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।

डीएभी स्कुलका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४, कुञ्जन आचार्य र प्रसिद्ध जैसीले २–२ विकेट हात पारे ।

१०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । डीएभीका आरुस झा ७ रन र विराज जैसवाल शून्यमा अविजित थिए । प्रसिद्ध जैसी ६ र सत्यम बस्नेत २ रन बनाएर आउट भएका थिए ।

वर्षा नरोकिएपछि खेल बुधबार बिहान ७ बजेबाट सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजक काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully