आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — टाइम्स र इन्जिनियरिङ कलेज पाँचौं नखिपोट खुला ब्वाइज तथा गर्ल्स बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ स्कोरले पराजित गर्यो । टाइम्सका कुशल शाक्यले १४ स्कोर जोडे ।
पहिलो क्वाटरमा २२–११ को अग्रता लिएको टाइम्स दोस्रोमा १४–१५ को झिनो अन्तरले पछि पर्यो । टाइम्सले तेस्रोमा २१–१३ र चौथो क्वाटरमा २२–१२ को अग्रता बनाएर जित अन्तर फराकिलो बनायो ।
इन्जिनियरिङले रोयल्सलाई अक्तिरिक्त समयमा ५४–४८ स्कोरले हरायो । निर्धारित समय ४६–४६ को बराबरीमा सकिएको थियो । थप समयमा इन्जिनियरिङले ८ र रोयल्सले २ स्कोर थपेको थियो । विजेताका समीर उप्रेतीले २० स्कोर गरे ।
गर्ल्सतर्फ बलर्सले एनसीसीएसलाई ३३–११ स्कोरले हरायो । बलर्सकी जेसिका लामाले १३ स्कोर जोडिन् । दुई खेलमा बलर्सको यो पहिलो जित हो । यो समूहमा बलर्स र एनसीसीएससहित ३ टिम छन् । एक खेल खेल्न बाँकी ट्रेनिङ ग्राउन्डले पहिलो खेलमा जित पाएको थियो । एनसीसीएसको पहिलो खेल हो । तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।
