जेभेरेभले जिते फ्रेन्च ओपन

उनको खेल जीवनको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

जेष्ठ २५, २०८३

हिमेश

Zverev wins French Open

काठमाडौँ — एलेक्जान्डर जेभेरेभले आइतबार फ्रेन्च ओपन २०२६ को उपाधि जितेका छन् र यसका लागि उसनले इटालीका फ्लाभिओ कोबोलीमाथि पाँच सेटको नाटकीय जित निकाले । उनको खेल जीवनको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

रोलान्ड ग्यारोसमा भएको फाइनलमा दोस्रो वरीयताका जर्मन खेलाडी ६–१, ४–६, ६–४, ६–७ र ६–१ ले विजयी रहे र फाइनल चार घण्टा १६ मिनेट चलेको थियो । यसक्रममा उनी बोरिस बेकरयता ग्रान्ड स्लाम जित्ने पहिलो जर्मन खेलाडी भएका छन् ।

जेभेरेभको यो चौथो ग्रान्ड स्लाम फाइनल हो र यसअघिका तीन उपाधि भिडन्तमा उनी जितको नजिक पुगेर पनि पराजित रहेका थिए । दसौं वरीयताका कोबोलीले भने पहिलो पटक ग्रान्ड स्लामको फाइनल खेलेका थिए ।

हिमेश

Link copied successfully