तेक्वान्दोका अभिषेक एसियाडलाई छनोट

अभिषेक बराल पुरुष ८० केजीमुनि वाइल्ड कार्डमार्फत छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Taekwondo's Abhishek selected for Asiad

काठमाडौँ — तेक्वान्दो खेलाडी नेपालका अभिषेक बराल जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदमा छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि वाइल्ड कार्डमार्फत छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

मे २१ देखि २४सम्म मंगोलियाको उलानबटारमा भएको २७ औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा अभिषेकसहित ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले नेपालबाट भाग लिएका थिए । एसियाली खेलकुदमा ‘वाइल्ड कार्ड’ मार्फत अन्य खेलाडीको पनि सहभागिताका लागि पनि प्रक्रिया भइरहेको संघले जनाएको छ ।

एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारालिम्पिककी कांस्य विजेता पलेशा गोबर्धन विश्व वरीयताका आधारमा छनोट भइसकेकी छन् ।

कान्तिपुर

Link copied successfully