एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा लालीगुराँसले सेन्ट लरेन्सलाई २५–२०, २३–२५, १७–१५ ले पराजित गर्यो । हिमरश्मिले आयोजक एन्जल्स हार्ट माविलाई २७–२५ र २५–२० को सोझो सेटमा हरायो ।
काठमाडौँ — लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा पुगेका छन् ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा लालीगुराँसले सेन्ट लरेन्सलाई २५–२०, २३–२५, १७–१५ ले पराजित गर्यो । हिमरश्मिले आयोजक एन्जल्स हार्ट माविलाई २७–२५ र २५–२० को सोझो सेटमा हरायो ।
कल्याण मावि र न्युटनले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । कल्याणले ग्रिनफिल्डलाई २३–२५, २५–१७ र १५–५ ले हरायो भने न्युटनले चाणक्यमाथि २५–२१, २५–२२ को जित पायो ।
सेमिफाइनलमा न्युटन र कल्याण तथा लालीगुराास र हिमरश्मिबीच हुने एन्जल्स हार्टका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले जनाएका छन् ।
प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।