तेस्रो भेट्रान्स गोल्डकपको नाफा १ लाख ३६ हजार

चैत्त २५ देखि २८ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा सबै खर्च कटाएर १ लाख ३६ हजार रुपैयाँ बचत गर्न सफल भएको प्रस्तुत आयव्ययमा उल्लेख छ ।

जेष्ठ २४, २०८३

लक्ष्मी गौतम

Profit from the third Veterans Gold Cup is 136 thousand.

पाँचथर — फिदिम भेट्रान्स क्लबले गत चैत अन्तिम साता पाँचथरमा आयोजना गरेको तेस्रो भेट्रान्स गोल्डकपको आयव्यय सार्वजनिक गरेको छ ।

क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै आयव्यय सार्वजनिक गरेको हो ।

हिलिहाङ गाउँपालिका-६ जोरपोखरी खेल मैदानमा गत चैत्त २५ देखि २८ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा सबै खर्च कटाएर १ लाख ३६ हजार रुपैयाँ बचत गर्न सफल भएको प्रस्तुत आयव्ययमा उल्लेख छ ।

प्रतियोगितामा संघ संस्था तथा दाता र स्थानीय तहबाट १३ लाख ९० हजार ५ सय आम्दानी र १० लाख ७० हजार ५ सय खर्च भएको क्लबले जनाएको छ ।

प्रतियोगिताको सबै खर्च कटाउँदा १ लाख ३६ हजार ५ सय बचत भएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

फिदिमको खेल मैदान निर्माण नसकिएकाले जोरपोखरी पुगेर खेल आयोजना गर्दा खर्च बढेकाले निर्माणाधीन मैदान चाँडो सम्पन्न गर्न गराउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully