बास्केटबलमा मार्वलस र भ्याली पब्लिक च्याम्पियन

मार्वलस ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।

जेष्ठ २४, २०८३

कान्तिपुर संवाददाता

Marvelous and Valley Public champions in basketball

What you should know

काठमाडौँ — मार्वलस र भ्याली पब्लिकले दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

मार्वलस ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने । दुवैले पहिलो सहभागितामै उपाधि जितेका हुन् ।

मार्वलस ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने । दुवैले पहिलो सहभागितामै उपाधि जितेका हुन् ।

आयोजक तेजेस्वी एकेडेमीको कोर्टमा आइतबार भएको ब्वाइज फाइनलमा मार्वलसले गोल्डेनपिकलाई ५३–४२ स्कोरले पराजित गर्‍यो । मार्वलसका सिनेप शाहीले १७ स्कोर जोडे । न्युटन तेस्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३२–२९ ले हरायो । भ्यालीकी दृश्य गुरुङले १७ स्कोर गरिन् । फेरिल्यान्ड तेस्रो भयो ।

ब्वाइजमा मार्वलसका रोशन कुशवाहा र गर्ल्समा भ्याली पब्लिककी दृश्य गुरुङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा न्युटनका मिक्सन तामाङ र गर्ल्समा फेरिल्यान्डकी खुश्बु मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा गोल्डेनपिकका सुशील गिरी र गर्ल्समा ईबीएकी मेनुका मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

Marvelous and Valley Public champions in basketball

ब्वाइजमा अरुणी एकेडेमी र गर्ल्समा केजीएस अनुशासित टिम बने । ब्वाइजमा ज्ञान संस्कार स्कुल तथा गर्ल्समा केएमसी स्क्ल उदीयमान टिम बने ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत र भाइस प्रिन्सिपल विश्व पाण्डेलगायतले पुरस्कृत गरे । सोही अवसरमा तेजस्वीबाट एसईईमा ४ जीपीए ल्याउने रोजन श्रेष्ठ र अर्पण गुरुङलाई प्रोत्साहनस्वरुप ल्यापटप प्रदान गरिएको थियो । तेजस्वीबाट एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यार्थी र शिक्षक/शिक्षिकालाई पनि नगद पुरस्कारसहित मायाको चिनोबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताको ब्वाइजमा ३१ तथा गर्ल्समा १७ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेको तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully