विमलाको शल्यक्रिया सम्पन्न

वुमेन्स साफ च्याम्पियनसिप २०२६ को बंगलादेशविरुद्ध बुधबार भएको सेमिफाइनलमा उनी घाइते भएका थिइन् ।

जेष्ठ २३, २०८३

हिमेश

Vimala's surgery completed

गोवा (भारत) — नेपाली राष्ट्रिय टिमका खेलाडी विमला विकको शनिबार शल्यक्रिया भएको छ ।

शल्यक्रिया गोवाको मणिपाल अस्पतालमा भएको हो । वुमेन्स साफ च्याम्पियनसिप २०२६ को बंगलादेशविरुद्ध बुधबार भएको सेमिफाइनलमा उनी घाइते भएका थिइन् । त्यस क्रममा उनको नाकको हड्डी र नली भाँचिएको थियो । एसियाली फुटबल महासंघ (एएफसी) का चिकित्सकको सल्लाह अनुसार विमलाको शल्यक्रिया गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता तथा टिम व्यवस्थापक सुरेश शाहका अनुसार उनी कम्तीमा एक साता अब गोवामै रहनेछिन् र त्यस क्रममा उनको स्वास्थ्य स्थितिको थप निरीक्षण हुनेछ । चोटकै कारण उनी कम्तीमा तीन महिना सक्रिय फुटबलबाट टाढा हुनेछन् ।

हिमेश

Link copied successfully