प्रवीण, राजु र मोनिकालाई जुडाेकाे स्वर्ण

३ स्पर्धा प्रतिस्पर्धा भएको खुला जुडो प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी आर्मीका हुन् ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Praveen, Raju and Monika win gold in Judas

काठमाडौँ — जुडाे खेलाडी प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्राे खुला जुडो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी आर्मीका हुन् ।

खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे । आर्मीको ताराबहादुर भुजेल र अनिल बलामी तेस्राे भए ।

पुरुष १०० केजीमुनि फाइनलमा राजुले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीलाई हराए । एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारु तेस्राे बने ।

महिला ५७ केजीमुनि मोनिकाले आर्मीकै पार्वती आचार्यलाई फाइनलमा पाखा लगाइन् । पाम जुडो क्लबकी पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य जिते । तीनै स्पर्धामा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेस्राेले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपालका लागि जापानका राजदूत तोरु मेदा, आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, एपीएफ र  पुलिस ) भुटानका २ क्लबसहित ११ टिमका ५२ खेलाडीकाे सहभागिता रहेका निर्देशक महर्जनले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully