प्रतियोगितामा प्रथम स्थानलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, चौथो लाई २५ हजार र पाँचौँ स्थानलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
What you should know
काठमाडौँ — लाङटाङ ट्रेल रन–२०२६ को उपाधि पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले जितेका छन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत क्यान्जेन गुम्बादेखि स्याफ्रुबेंसीसम्मको ३२ किलोमिटर दूरीमा शनिबार भएको दौड प्रतियोगितामा कुलुङ र गुरुङले उपाधि जितेका हुन् । पुरुषतर्फ मिलन कुलुङले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । दोस्रो स्थानमा धिरबहादुर बुढा (२ घण्टा १८ मिनेट ४७ सेकेन्ड) रहे भने तेस्रो स्थान विशाल राईले प्राप्त गरेको रसुवा–नुवाकोट पर्यटन समाजले विज्ञप्तिमार्फत जनाएको छ । चौथो स्थानमा गोपाल तामाङ र पाँचौँ स्थानमा चन्द्र रावत रहे।
महिलातर्फ अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा सुरक्षा तामाङ रहिन् । तेस्रो स्थानमा अस्ट्रियन खेलाडी आना लेना फर्टनर रहेकी थिइन् । चौथो स्थानमा गीता महर्जन (५ घण्टा ३७ मिनेट २८ सेकेन्ड) र पाँचौँ स्थानमा सोनु पौडेल (६ घण्टा १६ मिनेट ४० सेकेन्ड) रहिन्।
प्रतियोगितामा प्रथम स्थानलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, चौथो लाई २५ हजार र पाँचौँ स्थानलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
उक्त ट्रेल रन लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य प्रवर्धन तथा साहसिक पर्यटन विकासलाई लक्षित गर्दै आयोजना गरिएको लाङटाङ ट्रेल रनका संयोजक गगनराज न्यौपानले बताए । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पन्न प्रतियोगितामा १०६ जना खेलाडी सहभागी भएका थिए । जसमध्ये १८ महिला र ८८ पुरुष रहेका थिए।
